
सर्लाही, १८ भदौ । नक्कली नोट बनाउने कागजको बण्डलसहित सशस्त्र प्रहरी बलले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको साविक ककनी गाविस–५ स्थायी ठेगाना भई हाल काठमाडौंको काठमाडौ महानगरपालिका–२६ बस्ने ३२ वर्षीय हिरामान लामा छन् ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाहीको गोडैता नगरपालिका–३ सिमरा भगवतीपुरबाट भदौ १७ गते राति नियन्त्रणमा लिएको बताएको छ ।
उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको थियो । उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारवाहीको लागि आज ईलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।















प्रतिक्रिया