२९ आश्विन २०८३, बिहिबार

विमानस्थलको भीआईपी कक्षबाटै भागे अभियुक्त, राति होटलबाट पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । ठगी मुद्दाका आरोपित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका छन् ।

शुक्रबार दिउँसो सुनसरीका ३० वर्षीय रिजवान आलम विमानस्थलमा पासपोटमा अराइभल छाप लगाउने क्रममा फरार भएका थिए ।

तर प्रहरीले आलमलाई नक्सालस्थित होट मेरियटबाट पक्राउ गरेको छ ।

आलमलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले शुक्रबार राति १० बजे पक्राउ गरेको हो ।

आलम दुबईबाट आएका त्यहाँका ‘भीआईपी डेलिगेट्स’हरुसँगै दोभासेको रुपमा काठमाडौं आएका थिए । दुबईबाट उनीहरु मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणमा आएका थिए ।

आयोगका अध्यक्ष अन्सारी उनीहरुलाई लिन विमानस्थल पुगेका थिए । आएकाहरुको पासपोर्टमा अराइभल छाप लगाउन एकमुष्ट रुपमा दिइएको थियो । त्यसक्रममा आलमको पासपोर्ट कालोसूचीमा रहेको देखिएको थियो ।

आलममाथि पाइलट पढाउने भन्दै करोडौं ठगी गरेको आरोपमा २७ फागुन २०७८ मा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ ।

अहिले उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।