
काठमाडौं, १८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिममा मनाइने गौरा पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ बनाउने बताएकी छन् ।
‘आज उनले गौरा पर्वका उपलक्ष्यमा शुभकामना दिँदै यस्तो बताएकी हुन् । यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम‚ विश्वास र सद्भावलाई प्रगाढबनाउनुका साथैविविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीहरू बीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ’, राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन् ।
राष्ट्रपति भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसंगतिहरुलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माणमा प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेकी छन् ।
‘गौरा पर्व, २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनले भनेकी छन्, ‘गौरा पर्वको यस अवसरमा‚नेपालीमौलिक संस्कृतिकोसंरक्षणगर्दै समाजमा विद्यमान अन्धविश्वास‚ विभेद‚ विकृति एवं विसंगतिहरूलाई अन्त्य गरीसभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म विशेषगरी नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व एक महत्वपूर्ण सांस्कृतिक चाड हो । यस पर्वको अवसरमा शिव र पार्वतीअर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख‚ शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।
गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएकाहरू घर फर्कने‚ विवाहिता महिलाहरू माइत जाने‚ गहुँ‚ केराउ, गहत लगायत पाँच प्रकारका अन्नहरूको मिश्रणबाटबनेको ‘बिरुडा’ लाई प्रसादको रूपमा ग्रहण गरी देउडा‚ धमारी र ढुस्को खेल्दैरमाइलो गर्ने प्रचलन रहेको छ ।













प्रतिक्रिया