३ कार्तिक २०८३, मंगलबार

टानमा पदस्थापन तथा सपथ ग्रहण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को सम्पन्न ४४औँ साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आज पदभार ग्रहण गरेका छन् ।

आजै उनीहरुले सपथ ग्रहण समेत गरेका छन् । काठमाडौंमा आयोजित एक समारोहमा नवनिर्वाचित कार्यसमितलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको टानका नवनिर्वाचित महासचिव बिनोद सापकोटाले जानकारी दिए ।

सापकोटा चलचित्र निर्माता समेत हुन् । उनले आफ्नो नयाँ टीमले विगतको समितिले गर्न नसकेका, काम शुरू गरेका तर सम्पन्न नभएका विषयसँगै पर्वतीय पर्यटन व्यावसायिका अन्य विभिन्न समस्या समाधानमा जुटिसकेको र सरकारबाट ध्यानाकर्षण गराउनुपर्ने अनेक विषयमा समेत काम गर्ने प्रतिवद्धता व्यक्त गरेको बताएका छन् ।

केहि दिनअघि टानको ४४औं साधारसभा तथा अधिवेशन भएको थियो । अध्यक्षमा निलहरि बास्तोला विजयी भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई भारी मतले हराउँदै विजयी हासिल गरेका थिए ।

यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका थिए ।

यस्तै सदस्यहरुमा राम प्रसाद बञ्जरा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, सुवास भण्डारी, लाक्पा दोर्जे सेर्पा र कृष्ण बहादुर परियार निर्वाचित भएका थिए ।

टान कार्यसमितिको कार्यावधि दुई वर्षको हुनेछ । टानमा १२ सय भन्दा धेरै सक्रिय व्यवसायी छन् ।