२९ आश्विन २०८३, बिहिबार

नेपाली जनसम्पर्क समिति युएईद्वारा श्रद्धाञ्जली सभा आयोजना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई, १७ भदौ । नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न नेपाली जनसम्पर्क समिति युएईले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

गिरीको निधन भएको १३औँ दिनको पुण्यतिथिमा जनसम्पर्क समितिले उक्त सभा आयोजना गरेको हो ।

हिजो बिहीबार जनसम्पर्क समिती युएईका सभापति भुवानी प्रसाद तिमल्सिनाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा संरक्षक तथा निवर्तमान सभापति खेमराज बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति युएईका प्रमुख सल्लाहकार एवम गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक मनोज गोर्खाली थिए ।

त्यस्तै अन्य अतिथिहरुमा गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना, नेपाली समाज युएईका महासचिव बेद प्रसाद अर्याल, गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष कृष्ण ठाकुर, नेपाली जनसम्पर्क समिति साउदीअरवका महामन्त्री एवम महाधिवेशन प्रतिनिधि शुरेशराज त्रिपाठी, इनास युएईका अध्यक्ष एमडी बोहरा, अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष जेपी पोख्रेल, पाल्पाली समाज युएईकी अध्यक्ष ओमकुमारी खाण, जियोल्यान्ड ट्राभलका सन्चालक शरद कुमार शर्मालयायतको उपस्थिति थियो ।