३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य एक सातामा २८०० ले घट्यो, आज कति ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । नेपाली बजारमा सुनको मूल्य निरन्तर घटेको छ । गत शुक्रबारदेखि आज एक सातामा प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने आज तोलाको ५ रुपैयाँले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपालमा पनि घटेको महासंघले जनाएको छ ।