
काठमाडौं, १६ भदौ । आठ दिनदेखि लगातार घटेको सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले कमी आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले भदौ ९ गतेबाट घट्न थालेको सुनको मूल्य बिहीबार पनि ९०० रुपैयाँले घटेको जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार ६०० कायम भएको छ ।
त्यस्तै चाँदीको प्रतितोला मूल्य ११ सय रुपैयाँमा आइपुगेको छ । बुधबार ९४ हजार रुपैयाँमा छापावल, ९३ हजार ५०० र चाँदीको मूल्य ११ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।















प्रतिक्रिया