– सुशिल नेपाल
पाल्पा, २३ वैशाख । नेपालमा आएको विनाशकारी भूकम्पबाट प्रभावित पाल्पाका भूकम्प पीडितलाई जापानी नागरिकले एक लाख रुपैयाँ राहत सहयोग गरेका छन् ।
महाभूकम्पबाट प्रभावित पाल्पाको सहलकोट ९ का लागि जापानिज नागरिक समाजसेवी काजुमासा काकीमी (ओके) बाजेले एक लाख रुपैयाँ राहत स्वरुप सहयोग हस्तान्तरण गरेका छन् । उनले भूकम्प प्रभावित क्षेत्र सुकेकोट र आनन्दीको स्थलगत अवलोकन गरी भूकम्पले क्षति भएका घर पुनर्निर्माणका लागि अत्यावश्यक सामग्री खरिदको लागि राहत संकलन समितिका संयोजक उमेशकुमार गाहालाई चेक हस्तान्तरण गरेका हुन् ।
हाल सहलकोटमा विभिन्न संस्था र व्यक्तिबाट तीन लाख भन्दा बढी नगद र अन्य जिन्सी सामग्री संकलन भएको संयोजक गाहाले जानकारी दिए । सहलकोटका स्थानीयहरु अहिले गाउँका विभिन्न स्थानमा संस्था र व्यक्तिहरुबाट प्राप्त त्रिपालमुनी बस्दै आएका छन् । जिल्लामा अन्य क्षेत्रको तुलनामा यो क्षेत्र बढी नै प्रभावित बनेको छ ।















प्रतिक्रिया