२९ आश्विन २०८३, बिहिबार

अछाममा एक युवक मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १५ भदौ । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत फेला परेका छन् ।

प्रहरीका अनुसार मंगलबार राति करीब साढे १० बजेतिर स्थानीय २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएका हुन् ।

धामी बेलुका घर नफर्किएपछि खोजी गर्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत विनायक बजार नजिकै पर्ने मुख्य सडकको नालीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत्युको कारण खुल्न सकेको छैन । प्रहरी अनुसन्धान भइरहेको जनाएको छ ।