२९ आश्विन २०८३, बिहिबार

नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १५ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए ।

निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ । पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् । –रासस