२८ आश्विन २०८३, बुधबार

पशुपालनमा लगानी बालुवामा पानी सरह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gai Palanकाठमाडौं, १८ जेठ । पशुपालन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप रकम वृद्धि हुँदा पनि दूधमा परनिर्भरता बढेको छ। २०६६ सालमा मिल्क होलिडे भएपछि सरकारले त्यसलाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रम ल्याएको भएपनि अहिले दूधमा झन परनिर्भरता बढेको छन्।

डेरी उद्योग संघका अध्यक्ष प्रदीप महर्जनले यसवर्ष १६ लाख टन दूध उत्पादन भएको बताए। उत्पादनको तुलनामा माग बढेकाले दूधमा परनिर्भरता बढेको उनको महर्जनको छ। दूधको उत्पादन वृद्धिदर ४ प्रतिशत र माग ८ प्रतिशतले बढेकाले परनिर्भरता बढेको हो।

अहिले नेपालमा बार्षिक १७ लाख २८ हजार दूधको माग छ,’ उनले नागरिकसँग भने, ‘तर, उत्पादन १६ लाख टन छ।ु दूधको उत्पादन वृद्धिदर बार्षिक ४ प्रतिशतले मात्रै बढेको व्यवसायीहरूको भनाइ छ। संघका अनुसार हाल काठमाडौं उपत्यकामा मात्रै दैनिक ९० देखि १ लाख लिटर दूधका विदेशबाट आयात भइरहेको छ।

जवकी ५ वर्षअघिसम्म यो सिजनमा तराईका विभिन्न जिल्लाबाट भारत दूध निर्यात हुँदै आएको बताइएको छ। राज्यको लगानी पनि दुग्ध उत्पादन क्षेत्रमा, विभिन्न परियोजनाको लगानी पनि दुग्ध उत्पादन क्षेत्रमा, अनि उत्पादन पाँच बर्षको तुलनामा घटदै जानु संकाको विषय भएको डेरी उद्योगीको भनाइ छ।

संघका अनुसार हाल काठमाडौं उपत्यकामा मात्रै दैनिक भारतबाट ९० देखि १ लाख लिटर दूधका आयात भइरहेको छ। जवकी ५ वर्षअघिसम्म यो सिजनमा तराईका विभिन्न जिल्लाबाट भारत दूध निर्यात हुँदै आएको बताइएको छ।

राज्यको लगानी पनि दुग्ध उत्पादन क्षेत्रमा, विभिन्न परियोजनाको लगानी पनि दुग्ध उत्पादन क्षेत्रमा, अनि उत्पादन पाँच बर्षको तुलनामा घटदै जानु शंकाको विषय भएको डेरी उद्योगीको भनाइ छ। नागरिक दैनिकबाट