२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा झा र सचिवमा पाण्डे चयन

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माल्टा, १४ भदौ । प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा सत्यनारायण झा र सभिवमा बिरोजंग पाण्डे चयन भएका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रवास विभाग प्रमुख राजन भट्टराईको प्रमुख आतिथ्यतामा हालै सम्पन्न मञ्चको पहिलो अधिवेशनले अध्यक्ष सत्यनारायण झाको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा येमु राई, सचिव बिरोजंग पाण्डे तथा सचिवद्वय भारत अर्याल र दर्शन लिम्बु चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरूमा रोशन सिजापति, अम्बिका दुलाल, निरज भुजेल, कमल पोख्रेल, सुदीप रायमाझी, हरि पौडेल, लाछु गिरि, पदम खड्का, हरि प्रसाद पौडेल, सपना श्रेष्ठ, शारदा चौधरी, प्रज्ज्वल आलेमगर, सुमन लिम्बु, सन्तोष रतन र दिपक रेग्मी चयन भएका छन् ।