२९ आश्विन २०८३, बिहिबार

चट्याङ लागेर एकै गाउँका तीन जना महिलाको मृत्यु, एक घाइते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रौतहट, १४ भदौ । रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एकै गाउँका तीन महिलाको मृत्यु भएको छ ।

गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँका महिलाको मृत्यु भएको हो । उनीहरु खेतमा काम गरिरहेका अवस्थामा आज बिहान ८ बजे चट्याङ लागेको थियो ।

मृत्यु हुनेहरुमा मलाही गाउँकी ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारका रहेको बताए ।

चट्याङ लागेर घाइने भएकी सोही गाउँकी ४० बर्षिया सैलिदेवी सामान्य घाइते भएकी छन् ।