२९ आश्विन २०८३, बिहिबार

चौधरी ग्रुपले भूकम्प पीडितलाई २५ करोड राहत र १० हजार घर बनाइदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-Chaudharyकाठमाडौँ, २३ वैशाख । मुलुकको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी समूहले भूकम्पबाट अति प्रभावित जिल्लामा एक हजार अस्थायी घर निर्माण गरेर पीडितलाई निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ ।

आज ललितपुरमा पत्रकारसम्मेलन गरेर समूहका अध्यक्ष विनोदकुमार चौधरीले आगामी छ महिना भित्रमा ती घर निर्माण गरेर पीडितलाई हस्तान्तरण गरिने बताउनुभयो ।

स्वदेशी तथा विदेशी दातृ निकाय, परोपकारी सङ्घसंस्थासँगको सहकार्यमा अरू नौ हजार घर निर्माण गर्ने लक्ष्यका साथ समूहले काम गरिरहेको जानकारी उहाँले दिनुभयो ।

“भूकम्पबाट भत्केका एक सय सामुदायिक प्राथमिक विद्यालय पुनर्निर्माण पनि गर्नेछौँ”– समाजप्रतिको समूहको दायित्व सुनाउँदै उहाँले भन्नुभयो ।

भूकम्पपीडितको सहायतार्थ समूहले रु २५ करोड छुट्याएको बताउँदै उहाँले हालसम्म झन्डै रु दुई करोडबराबरका राहत सामग्री वितरण भइरहेका जानकारी दिनुभयो ।

हइटी र फिलिपिन्समा विपद् व्यवस्थापनको अनुभव बटुलेका अन्तर्राष्ट्रिय मान्यता प्राप्त विशेषज्ञ टोली र समूहकै प्राविधिकले अस्थायी घर र विद्यालयको पुनर्निर्माण गर्नेछन् । एउटा घरको निर्माण लागत रु ५० हजारदेखि एक लाखसम्म पर्ने बताइएको छ ।