
दाङ, १४ भदौ । सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जना महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा कालीमाटी गाउँपालिका वडा नम्बर–१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुनको मृत्यु भएको हो ।
उनीहरुको जिल्ला अस्पताल पुर्याएलगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइतेहरुमा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन रहेका छन् ।
घाइते चालक र अन्य एक जनाको नाम खुलेको छैन । उनीहरुको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ ।
कालीमाटी गाउँपालिका वडा नम्बर–१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर–१० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया