२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अध्यक्षमा जोशीसहित नयाँ कार्यसमिति चयन, को-को छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको पाँचौँ अधिवेशनले केशव जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जोशीको कार्यकाल तीन वर्षको हुनेछ । अष्ट्रेलियाको सिड्नीमा दुई दिन चलेको अधिवेशनले नयाँ कार्यसमिति चुनेको हो ।

समितिको पदाधिकारीहरुमा अध्यक्ष जोशी, उपाध्यक्ष बालगोपाल उपाध्याय, चीन नेपाली र राम घिमिरे चयन भएका छन् । त्यस्तै, कमिटीको सचिवमा प्रकाश पन्थी चयन भएका छन् भने सहसचिवमा असिम कोइराला, होमनाथ निरौला, हेमराज खनाल चुनिएका छन् । कमिटीले आर्थिक विभाग प्रमुखमा दिपक पहारी चयन भएका छन् ।

नवगठित कार्यसमितिका सदस्यहरुमा नरवीर नेम्वांग, उत्तम अधिकारी, सुजन लामिछाने, विएन मण्डल, दिनेश पाण्डे, किशोर भन्डारी, नारायण बस्नेत, विशाल रानामगर, पर्वत मगर, प्रकाश पौडेल, प्रेमप्रकाश शाही, भवानी पौडेल, कृष्ण गैरे, सूर्यमोहन शर्मा, विजय फुँयाल, भुवन पाण्डेलाई निर्वाचित भएका छन् ।

अधिवेशनको प्रमुख अतिथिमा नेकपा एमालेका प्रवास विभाग ईन्चार्ज डा.राजन भट्टराईले मंसिर महिनामा हुन लागेको निर्वाचनमा प्रवासमा र नेपालमा रहनु हुने सबै मिलेर नेपाली राजनीतिका खराब प्रवृत्तिहरुलाई हराउनतर्फ जोड दिनु पर्ने बताए । ‘प्रवासबाट तपाईहरूले नेपाल र नेपालीको हितका लागि खेल्नु भएको भूमिका सह्रानीय छ ।

अबका दिनहरूमा पनि तपाईहरूको यस्तो सकारात्मक सोच र बिचारले निरन्तरता पाउंदै जानु पर्छ,’ उनले भने । त्यस्तै, नयाँ कार्यसमितिमा चयन भएका अध्यक्ष जोशीले निडर भएर जिम्मेवारी पूरा गर्ने प्रतिवद्दता ब्यक्त गर्दै नवनिर्वाचित कमिटीमा निर्वाचित भएका सबैजना सजग बन्नुपर्ने बताए ।

उनले भने, ‘हामी सबेको एउटै धारणा र उद्देश्य हो नेपाल र नेपाली । हामी यसको बिरूद्द कहिले पनि उभिने छैनौ । प्रबासबाट नेपाल र नेपालीका लागि हामी हर समय खडा हुने छौं ।’

कार्यक्रममा कमिटीका सचिव रमेश पाण्डे, सल्लाहकार परिषद् प्रमुख सन्जय थापा, प्रवासी नेपाली मञ्च ओसेनियाका संयोजक राजु उपाध्याय, ईन्चार्ज डा.विनोद श्रेष्ठ, एनआरएन आईसीसीका सचिव होम पाण्डेलगायतले शुभकामना दिंदै मन्चले प्रवासमा खेलेको सकारात्मक भूमिकाको बारेमा चर्चा गरेका थिए ।