२९ आश्विन २०८३, बिहिबार

पेट्रोल पम्पका संचालक र कर्मचारीलाई आगलागी नियन्त्रणसम्बन्धी तालिम सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १३ भदौ । धनगढी उपमहानगरपालिकाले शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजानाअन्तर्गत, नेपाल आयल निगम – प्रादेशिक शाखाको सहकार्यमा सुदूरपश्चिम प्रदेशमा रहेका पेट्रोल पम्पका संचालक र कर्मचारीहरूलाई पेट्रोलियम भण्डारण सुरक्षा र आगलागी नियन्त्रण सम्बन्धि तालिम प्रदान गरेको छ ।
नेपालमा वर्षेनी आगलागी सम्बन्धी घटनाहरू घटिरहेका छन् र पेट्रोल बिक्रेताहरू पनि आगलागीको उच्च जोखिममा रहेकाले उक्त तालिम आयोजना गरिएको कुरा उपमहानगरको विपद व्यस्थापन शाखा प्रमुख लेखनाथ ओझाले बताएका छन् । अधिकांश आगलागीका घटनाहरू लापरवाही र अज्ञानताले हुने भएकाले संयमित रहेर पेट्रोल बिक्रेताहरूलाई कार्य गर्न पनि उनले आग्रह गरेका छन् ।
युरोपियन युनियनको आर्थिक सहयोग र यु.एन.डी.पि., युनिसेफ र यु.एन. वोमनको प्राविधिक सहयोगमा संचालन सुपर परियोजनाका नगर प्राविधिक अधिकृत विराज पोखरेल अनुसार शहरी विपदमा आगलागी सबै भन्दा बढी घट्ने घटना हो र पेट्रोल अति प्रज्वलनशील पदार्थ रहेकाले पेट्रोल बिक्रि गर्ने स्थानमा दिनहुँ काम गर्ने व्यक्तिमा आगलागी नियन्त्रणको तालिम अत्यावश्यक रहेकाले यो तालिम आयोजना गरिएको बताएका छन् ।
कार्यक्रमको अन्त्यमा बोल्दै नेपाल आयल निगम सुदुरपश्चिम प्रदेशका शाखा प्रमुख राज कुमार न्यौपाने अनुसार धनगढी उपमहानगरमा रहेको भण्डारण स्थल नेपालकै जोखिमयुक्त भण्डारण रहेकाले यो तालिम अति नै उपयोगी रहने बताएका छन् ।
अब आउने दिनहरुमा आयल निगम आफैले यस्ता तालिमहरू संचालनमा ल्याउने आश्वासन दिँदै पेट्रोलियम डिलरस् एसोसिएसनलाई यस्ता खालका तालिम र अभिमुखीकरण समय समयमा गराईरहन पनि उनले निर्देशन दिएका छन् ।
यसका साथै अबका दिनमा आयल निगमले समय समयमा परिवर्तन भइरहने पेशाकर्मीहरूलाई मध्यनजर गर्दै आयल निगमकै टोली, बिक्रेताहरूको स्थानमा गएर पेट्रोल पम्पमा आगलागी सुरक्षाको अनुगमन गर्नुका साथै सबैलाई पेट्रोलियम भण्डारण र आगलागी नियन्त्रण सम्बन्धि सीप आदानप्रदान गर्ने पनि बताएका छन् ।