काठमाडौं, २३ वैशाख । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको विपत राहत कोष अन्तर्गत महाभूकम्पबाट बढि क्षति भएका जिल्लाका दुर्गम बस्तीहरुमा राहत उपलब्ध गराउने क्रम जारी छ ।
यसैक्रममा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन कुमारराज सुवेदीको पहल तथा लायन्स क्लब अफ उत्तरवाहिनीको समन्वयमा सिन्धुपाल्चोकको विकट भोटसिपा गाविस–१ सिपाटारमा मंगलवार राहत तथा बन्दोबस्तीका सामानहरु उपलब्ध गराइएको छ ।
करीब ९० जनालाई ९० थान पाल, प्रतिव्यक्ति २० केजी चामल, ५ केजी चिउरा, १ किलो चाउचाउ सहित साबुन, विस्कुट, दालमोठ लगायतका सामाग्री वितरण गरिएको सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर सुवेदीले जानकारी दिनुभयो ।
लायन्स क्लब अफ उत्तरवाहिनीका चार्टड प्रेसिडेन्ट उदय भण्डारी, वर्तमान अध्यक्ष राधाकृष्ण प्रजापति, डिस्ट्रिक्ट एडभाइजर श्रीचन जोशी, क्लबका पूर्व अध्यक्ष कुवेर महत, माधव ढुंगाना, सरोज बस्नेत लगायतको सक्रियतामा राहत सामग्री वितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रममा जोन चेयरपर्शन अनन्त भेटवाल सहित जोरपाटी लायन्स क्लब तथा पशुपति क्लबका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । सुवेदी नेतृत्वको टोलीले महाभूकम्पबाट क्षतिग्रस्त भोटसिपपा ७ स्थित श्री चण्डेश्वरी उच्च माविको पनि निरीक्षण गरेको छ ।
महाभूकम्पका कारण करीब डेढ करोड बराबरको क्षति भएको उच्च माविका प्राचार्य रुदलोचन आचार्यले जानकारी दिनुभयो । महाभूकम्पका कारण भोटसिपा गाविसमा २५ जनाले ज्यान गुमाएका छन् ।
लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको विपत राहत कोष अन्तर्गत लायन्स क्लब अफ काठमाडौ सुकुण्डको पहलमा नुवाकोटको ओखरपौवा, ठुलो चित्रेमा सोमबार एक सय जनालाई एक सय थान पाल, म्याट्रेस सहितका अत्यावश्यक सामाग्री वितरण गरिएको छ ।















प्रतिक्रिया