२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीसहित कांग्रेस पदाधिकारीले राष्ट्रपतिलाई भेट्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी पदाधिकारीसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन् ।

देउवा पदाधिकारीसहित राष्ट्रपति भण्डारीलाई भेट्न आज दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतल निवास जाने कांग्रेस स्रोतले जनाएको छ ।

भेटको एजेण्डाबारे खुलाइएको छैन । यद्यपि नागरिकता विधेयकबारे नै छलफल गर्न लागिएको बुझिएको छ । पछिल्लो समय विधेयकले गर्दा राष्ट्रपति र सरकार र सत्तारुढ दलसँग दुरी बढेको अवस्था छ ।