२९ आश्विन २०८३, बिहिबार

यौन दुर्व्यवहारको आरोपमा बानेश्वरको नोबेल एकेडेमीका शिक्षक पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको बानेश्वरस्थित नोबेल एकेडेमीका एक जना शिक्षक पक्राउ परेका छन् ।

प्रहरीले भक्तपुरको बालकोट बस्ने ३० वर्षीय सरोज भट्टराईलाई पक्राउ गरेको हो । भट्टराईले कक्षा १० मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शिक्षक भट्टराईमाथि अनुसन्धान सुरु गरिएको जनाएको छ ।