२९ आश्विन २०८३, बिहिबार

अध्यक्ष ओलीको निर्देशन: सहमतिमै उम्मेदवार छान्नु, चुनाव नगर्नु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पार्टीबाट सहमतिकै आधारमा उम्मेदवार छनोट गर्न निर्देशन दिएका छन् ।

निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै आइतबार अध्यक्ष ओलीले चुनाव गरेर उम्मेदवार नछान्न निर्देशन दिएका हुन् ।

तीन जनाको नाममा सहमति हुन सकेन भने पनि बरु सबै आकांक्षीको नाम संघमा पठाउन भन्दै ओलीले निर्देशन दिएका छन्, ‘तर क्षेत्रमै चुनाव नगर्नु ।’

उम्मेदवार छान्ने क्रममै चुनाव गर्दा मनमुटाव र पार्टीमा गुटबन्दी मौलाएको उनको भनाइ छ ।

उनले गठबन्धनका बिरुद्ध एक्लै लड्नुपर्ने भएकाले आफ्नै कमरेडहरुले निर्वाचन क्षेत्रमै मन दुखाउन पर्ने स्थिति आउन दिन नहुने बताए । एमाले आउँदो २२ गतेभित्रमा प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।