
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनि सीजी नेटले स्काईकमसँगको सहकार्यमा बहूप्रतिक्षित आईपीटीभी सेवा सीजीनेट जोडी योजना सुरु गरेको छ ।
ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबारदेखि सिजिनेट मेगाजोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमाआएसँगै अवग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालनगर्न पाउने छन् ।
आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुनेछन् । भने ती च्यानलमध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । तीमध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पोर्टस च्यानललगायतका च्यानलहरु हुनेछन् । यस्तै, यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जी नेटवर्कलगायत छन् । सिजिनेटले आफ्ना ग्राहकहरुका लागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा शुरु गरेको हो ।

सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । स्प्रिण्टर जोडी (८० एमबीपीएस प्लस आइपीटिभी) को प्रतिमहिना ८१०, पपुलार जोडी (१५५ एमबीपीएस प्लस आइपीटिभी) को १०५५ र रकस्टार जोडी (३०५ एमबीपीएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ शुल्क लाग्नेछ ।
त्रैमासिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमबीपीएसको साथमा आइपी टिभीको रु २६४०, पपुलार जोडी एमबीपीएसको साथमा आइपी टिभीको रु ३७५० र रक स्टार जोडी ३०५ एमबीपीएसको साथमा आइपी टिभीको रु ९७२० शुल्क लाग्ने छ ।
यस्तै बार्षिक योजनाअनुरुप स्प्रिण्टर जोडी ८० एमबीपीएसको साथमा आइपी टिभीको रु ९७२०, पपुलार जोडी एमबीपीएसको साथमा आइपी टिभीको रु १२६६० र रक स्टार जोडी ३०५ एमबीपीएसको साथमा आइपी टिभीको रु १६४८८ शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटप बक्सका लागि ग्राहकले एक पटक रु २६०० शुल्क तिुर्नु पर्नेछ । यसका साथै सिजिनेटले बदलिँदो समय अनुरुपमा निरन्तररुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने छ ।
सिजी डिजिटलले सिजि नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफरअन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमबीपीएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभीरु ३५९९९ मा र ८० एमबीपीएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभीरु २५४९९ माप्राप्तगर्न सक्नेछन् ।
ग्राहकले यीे जोडी प्याकेजहरु सिजी नेटकार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइनमार्फत प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, वुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख शहरहरुबाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।













प्रतिक्रिया