२९ आश्विन २०८३, बिहिबार

सिट बाँड्ने कार्यदलमा भएन सहमति, दलहरु आआफ्नै अडानमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । सत्तारुढ गठबन्धन दलहरुको सिट बाँडफाँड गर्ने कार्यदलमा दलहरुले आआफ्नै दाबी कायम राखेपछि कुनै सहमति हुन सकेन ।

आजको कार्यदल बैठकमा कुनै पनि दलहरुले आफ्नो दाबी नछोडेपछि कुनै सहमति नभएको हो ।

अब कार्यदलको बैठकमा भएको विषय शीर्ष नेतृत्वलाई जानकारी गराइने बताइएको
छ ।

सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको थिए । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थिए ।