२९ आश्विन २०८३, बिहिबार

कर्णालीमा दुई माओवादी मन्त्रीले दिए राजीनामा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १२ भदौ । कर्णाली प्रदेशका दुई जना मन्त्रीले आज राजीनामा दिएका छन् । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् ।

शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो । उक्त निर्णयअनुसार नै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।

मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी केन्द्र संसदीय दलका सचेतक कृष्णा शाह र प्रदेशसभा सदस्य रातो कामीलाई सिफारिस गरिएको छ ।

शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनीहरूलाई मुख्यमन्त्री शाहीले आज नै मन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ ।