२९ आश्विन २०८३, बिहिबार

अनेरास्ववियुले खाेलेकाे त्रिविको ताला, नेविसंघले फेरि लगायो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । त्रिभुवन विश्वविद्यालयमा ४९ दिनदेखि लागेको तालाबन्दी खोल्ने वित्तिकै नेपाल विद्यार्थी संघले फेरि  लगाएको छ ।

आइतबार विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघको एक समूहले अवरोध गरेका थिए । त्यस पछि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नारावाजी गर्‍यो ।

प्रहरी सुरक्षाका बीच बाँस्कोटाले पत्रकार सम्मेलन गरे, त्यसपछि विभिन्न कार्यालयमा लगाइएको ताला खुलेको थियो ।

त्रिवि अनेरास्ववियुका अध्यक्ष शम्भु भट्टका अनुसार सुरक्षाकर्मी र स्थानीयको रोहबरमा तालाबन्दी खोलिएको थियो । त्यस पछि नेविसंघले फेरि लगाएकाे हो ।