– विश्वास खड्काथोकी
सिन्धुपाल्चोकका दिपक राउतलाई उनको सात वर्षिय छोराले फोनमा भने, ‘ड्याडी घर आउनु न, हामीलाई लिएर जानु ।’ त्यतिबेला उनी दुवईको एक कम्पनीमा पसिना चुहाइरहेका थिए । परिवारको छाक टार्नको लागि दिपकले आठ वर्षदेखि यसरी नै नौकरी गरिरहेका छन् । छोराको फोन खोसेर श्रीमतीले अत्तालिदै भनिन्, ‘हाम्रो त घर बास नै उठ्यो । न बस्ने घर छ, न खाने कुरा ।’ यति सुने पछि, एक छिन त दिपकले पत्याउनै सकेनन् । आखिर नपत्याएर के गर्नु, वास्तविकता नै त्यहि थियो । यति सुनेपछि दिपकलाई कतिबेला नेपाल पुगु भन्ने भयो । खवर सुनेको तीन दिनमा उनी नेपाल आइपुगे ।
दिपकलाई सिन्धुपाल्चोक पुगेर आफ्नो गाउँ देख्दा सपना जस्तो लाग्न थाल्यो । उनले त सोचेका थिए, ‘सामान्य क्षति होला ।’ उनले परिवारलाई घरमा होइन, पालमा भेटे । दिपकलाई बल्ल थाहा भयो, ‘मेरो सात वर्षको कमाई त स्वाहा भएछ ।’
उनले दुबईमै काम गरेर घर बनाए । घरमै पसल राखे । टन्टै फर्निचर पनि जोडे । व्याउने वाला जर्सी गाई थियो । थुप्रै वाख्रा । आखिर भूकम्पले केही बाँकी राखिदिएन । दिपकको गला अवरुद्ध बन्छ, ‘घर र परिवारको अवस्था देख्दा छाँगाबाट खसेजस्तो भए । परिवारको भन्दा पनि उल्टै मेरो नै आँशु चुहियो । २० लाखभन्दा बढीको क्षति बेहोर्नुपर्यो ।’
दिपकको घर सिन्धुपाल्चोकको कर्थली, ८ सिम्ले । सिम्ले गाउँमा ८, ९ वार्डको एउटै बस्ती छ । अहिले पुरै बस्ती उजाड बनेको । एक सय ५७ घरधुरीको बास त्रिपालमा छ । त्यो पनि एउटै त्रिपाल मुनि १० परिवारले ओट लागेर बसेका छन् । पानी परेर उस्तै बिजोग । पानी पर्यो भने पालभित्रका सबै लुछुप पर्छन । खानाको उस्तै समस्या । घर बिहीन दीपक पीडा पोख्छन्, ‘विहान खाए बेलुकी के खाउँ, बेलुकी खाए, विहान के खाउँ भन्ने स्थिति छ ।’ दुवईमा पसिना चुहाएर सुखि परिवार बनाउन खोजेका दिपक फेरि सडकमै पुगेका छन् ।
अहिले पुरै बस्ती उजाड बनेको । एक सय ५७ घरधुरीको बास त्रिपालमा छ । त्यो पनि एउटै त्रिपाल मुनि १० परिवारले ओट लागेर बसेका छन् । पानी परेर उस्तै बिजोग । पानी पर्यो भने पालभित्रका सबै लुछुप पर्छन । खानाको उस्तै समस्या । घर बिहीन दीपक पीडा पोख्छन्, ‘विहान खाए बेलुकी के खाउँ, बेलुकी खाए, विहान के खाउँ भन्ने स्थिति छ ।’ दुवईमा पसिना चुहाएर सुखि परिवार बनाउन खोजेका दिपक फेरि सडकमै पुगेका छन् ।
गत सोमबारसम्म उक्त बस्तीमा कुनै पनि सरकारी निकाए पुगेन । बस्ती सदरमुकामदेखि धेरै टाढा पनि होइन । अहिले सरकारले गाविसलाई ९ लाख सहयोग दिएको रहेछ । दिपक भन्छन्, त्यो नौ लाख नौसय घर धुरीलाई कसरी बाँढ्ने । त्यो बाढ्न थालियो भने कुटाकुट हुन्छ । फेरि पैसा बाँडेर के काम, गाउँमा पसल पनि छैन ।’
कुनै मानवीय क्षति नभए पनि सिम्ले गाउँ ध्वस्त बनेको छ । मानिसहरुको दैनिकी अझै अस्त व्यस्त छ । दिपक भन्छन्, ‘सरकाले वेवास्ता गर्ने हो भने अर्को हप्तादेखि मानिसहरु हैजाले मर्न थाल्छन् ।’ अहिले उनीहरुलाई खानभन्दा पनि बस्नलाई समस्या छ । खान त इसाक नामक एनजिओले पनि जुटाईदिएछ । उनीहरुले २० बोरा चामल सहयोग गर्छु भनेका छन् रे ।
अब पहिरोबाट कसरी बाँच्ने
‘हामी भूँइचालोबाट त बच्यौँ । तर कतिवेला पहिरो जान्छ भनेर निदाउन पनि सकेका छैनौँ’, यो पीडा दिपकको मात्र नभएरर पुरै गाउँबासीको हो । गाउँमाथि निकै अग्लो सुनखानी भीर छ । जुन भूकम्पले गर्दा फाटेर धुजा धुजा भएको छ । जुन भीर खस्यो भने हालत सिन्धुपाल्चोककै जुरेको भन्दा कम हुने छैन । दिपक फाटेको भीरको फोटो देखाउँदै भन्छन्, ‘अब गाउँमा बस्ने स्थिति नै छैन । यो बर्खामा सुनखानी खस्छ होला । अब कहाँ जाने के गर्ने ठूलो अन्योलमा छौँ ।’ सुनकोशीले जुरेको बस्तीलाई दुःख दियो । अव उनीहरुलाई भने सुनखानीको भय छ ।
त्यस्ता नेता हुनु भन्दा त नहुनु बेस
गाउँमा यति ठूलो विपत्ति आउँदा त्यहाँका सभाषद् मोहनबहादुर बस्नेतले भने अनुहार समेत देखाएका छैनन् । सहयोग गर्नु त परको कुरा भयो । दिपकको आक्रोस छ, ‘आफ्नो घरमै लुकेर बसेका छन् रे । अहिलेसम्म उहाँले कुनै पनि सहयोग गर्नुभएको छैन । त्यस्ता नेता हुनु भन्दा त नहुनु बेस ।’

























प्रतिक्रिया