महेन्द्रनगर, २३ वैशाख । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी एचसिए प्रथम डे–नाईट टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार ३ खेल सम्पन्न भएका छन् ।
हिमालय क्रिकेट एकेडेमी र लिटिलबुद्ध एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिताको तेस्रो दिनका खेलमा आदर्श विद्या निकेतन, होली फ्याम्ली र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टीम विजयी भएका छन् । हिमालयन क्रिकेट एकेडेमी महेन्द्रनगरको खेल मैदानमा मंगलबार दिउँसो भएको खेलमा आदर्श विद्या निकेतनले व्रिक्सटन कलेजलाई ७ विकेटले पराजित गरेको हो ।
१५ ओभरको खेलमा १३ दशमलब १ ओभरमा अलआउट हुदै १ सय १४ रन जोडेको आदर्शले कसिलो बलिङ गर्न नसक्दा हार वेहोरेको हो । १ सय १५ रनको लक्ष्य पछ्याएको आदर्शले निर्धारित १५ ओभर खेल्दै ३ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।
यस्तै, विन्दास ११ अुनपस्थित हुँदा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले वाक ओभर पाएर विजयी घोषणा गरिएको हो । राती भएको अर्को खेलमा केकेआरलाई ७ विकेटले पराजित गर्दै होली फ्याम्लीले जित निकालेको छ । केकेआरले दिएको ९३ रनको लक्ष्य होली फ्याम्लीले १० ओभर खेल्दै ३ विकेट गुमाएर पुुरा गर्यो ।
प्रतियोगिता अन्तर्गत आज केकेआर र व्रिक्सटन कलेज, महेन्द्रनगर यूनिटी र सुुनचाँदी संघ तथा लक्ष्मी ट्«डर्स र रेडियो महाकालीबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक दिपक मल्लले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार, द्धितियलाई १५ हजार सहित प्रमाण पत्र, ट्रफि दिईने हिमालय क्रिकेट एकेडेमीका संयोजक दिपक मल्लले जानकारी दिनुभएको छ । प्रतियोगितामा एक खेलाडीलाई ‘म्यान अफ सिरिज’ बाफत नगद पाँच हजार र पं्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पाँच सय नगद पुरुस्कार समेत दिईने आयोजकले जनाएको छ । प्रतियोगितामा २४ टिमको सहभागिता छ ।















प्रतिक्रिया