२९ आश्विन २०८३, बिहिबार

क्रिकेट खेल्न छाडेर राहत संकलन गर्दै पारस खड्का, ३० लाख संकलन गरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras_Khadkaकाठमाडौ, २३ वैशाख । नेपालमा आएको भूकम्पबाट खेल क्षेत्र पनि प्रभावित भएको छ । सबै क्षेत्र राहत तथा सहयोगमा जुटिरहेका बेला भूकम्प पीडितलाई सहयोग गर्न खेलकर्मी पनि जुटेका छन् ।

भूकम्प पीडितलाई सहयोग गर्न नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पनि जुटेका छन् । आगामी महिना हुने च्याम्पियनसिप क्रिकेटको तयारीमा लाग्नुपर्ने बेला कप्तान पारस प्रशिक्षण छाडेर विपत्तिमा परेका नेपालीका लागि सहयोग संकलनमा जुटेका हुन् ।

सहयोग जुटाउन अहिले पारस खड्का अष्ट्रेलिया पुगेका छन् । उनले त्यहाँ ३० लाख रुपैयाँ राहत संकलन गरेका छन् । अष्ट्रेलियाका सिड्नी, मेलबर्न र डाविर्नमा भएका कार्यक्रमबाट उनले यो राहत रकम संकलन गरेको बताए ।

कार्यक्रममा नेपाली क्रिकेटको जर्सी, क्रिकेट ब्याट लिलाम विक्रि गरेर राहत रकम संकलन गरेको उनले बताए । पारसले हस्ताक्षर गरेको एउटा नेपाली जर्सी १ हजार ३ सय डलरमा लिलाम विक्रि भएको छ ।

अष्ट्रेलियाका क्रिकेट खेलाडीहरुले हस्ताक्षर गरेको एउटा क्रिकेट ब्याट २ हजार डलरमा लिलाम बिक्री भएको थियो । अष्ट्रेलियन क्रिकेट एसोशिएसन र अष्ट्रेलियाका स्थानीय क्रिकेट क्लवले उपलब्ध गराएका क्रिकेट सामग्री समेत लिलाम विक्रि भएका थिए ।

भूकम्पले जनधनको क्षति गरेपछि सहयोग जुटाउन पारस अष्ट्रेलिया गएका थिए । पारससँगै खेल क्षेत्रका सयौं खेलाडी भूकम्प पीडितको सहयोगार्थ राहत संकलन कार्यमा जुटेका छन् ।