२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च स्पेनले साँस्कृतिक कार्यक्रमसहित तीजको दर खुवाउने

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्पेन, ११ भदौ । नेकपा एमाले प्रवास कमिटी प्रवासी नेपाली मञ्च स्पेनले विभिन्न सांस्कृतिक कार्यक्रमसहित यहाँ रहेका नेपाली महिलाहरूलाई हरितालिका तीजको दर खुवाउने भएको छ ।

नेपाली हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको साथमा नेपाली महिलाहरूलाई (२९ अगस्ट) आगामी सोमबार ‘वृहत् तीज विशेष साँस्कृतिक कार्यक्रम’सहित निःशुल्क दर खुवाउने भएको हो ।

स्पेनको बार्सिलोनास्थित सालोन दे इभेन्तोष एल प्रदो काइए दे लामिराल ओकेन्दो–५१–०८९३० सान्त आन्द्रिया दे बेसोसमा हुने उक्त कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारी, देबिका केसी, सुमि घिमिरे सापकोटा र स्थानीय नेपाली कलाकारको दमदार सहभागिता रहने मञ्चका सचीव गोविन्द तिमिल्सिनाले जानकारी दिएका छन् ।

विदेशी भूमिमा रहेर पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै नेपाली दिदीबहिनीहरुलाई वर्ष दिनमा आउने चाड
तीजमा घरदेशको याद दिलाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको सचिव तिमिल्सिनाले जानकारी दिए ।

उक्त दिनमा स्पेनस्थित आमा, दिदिबहिनी संघसंगठनका प्रतिनिधिहरुलाई उपस्थिति हुन प्रवासी नेपाली
मञ्च स्पेनले अनुरोध समेत गरेको छ ।