२९ आश्विन २०८३, बिहिबार

नर्भिकले ल्यायो तीज अफर, हेल्थ प्याकेजमा छूटैछूट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ ।

होलबडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो ।

अफरअन्तर्गत सेवाग्राहीले उल्लेख्य छूटमा तीन खालका हेल्थ प्याकेज खरिद गर्न सक्नेछन् । आधारभूत तीज प्याकेज रू. ६ हजार ६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ ।

यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिन लगायतको जाँच हुनेछ ।

यस्तै, नर्भिकले मेमोग्रामसहितको तीज प्याकेजमा पनि छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज ९ हजार ९९९ रुपैयाँमा खरीद गर्न सकिनेछ ।

आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश हुने अस्पतालले जनाएको छ ।

नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज ७ हजार ७७७ रुपैयाँमै खरीद गर्न सकिने बताएको छ ।