२९ आश्विन २०८३, बिहिबार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई ५ वर्षको जेल सजाय !

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि सरकारका गोप्य दस्ताबेज घरमा राखेको आरोप लागेको छ।

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो एफबीआइले ट्रम्पको घरमा छापा मार्दा सरकारका गोप्य दस्तावेजहरु राखेको पाइएको बताएको हो।

यसले अमेरिकी गोपनियता सम्बन्धी कानून उल्लंघन गरेको एफबीआइको आरोप छ। एफबीआइ अधिकारीका अनुसार ट्रम्पको घरमा १४–१५ बाकसमा सरकारी दस्तावेजहरु राखिएको पाइएको छ। जसमध्ये २५ दस्ताबेज निकै महत्वपूर्ण र अति गोप्य छन्।

यी दस्ताबेजहरुलाई पुराना अखबार तथा म्यागेजिनमा लुकाएर राखेको पाइएको छ। यसअघि ट्रम्पको फ्लोरिडामा रहेको घरमा पनि प्रहरीले छापा मारेको थियो।

ट्रम्पले गोप्य दस्ताबेज राखेको आरोपमा उनलाई ५ वर्षसम्मको कैद सजाय हुन सक्ने वकिलहरूले बताएका छन्। यसरी दस्ताबेज घरमा राख्नु संघीय कानूनको उल्लंघन भएको र यो माफी योग्य घटना नभएको जानकारहरुको भनाइ छ। -एजेन्सी