काठमाडौं, २३ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट (आर्इपीएल)मा मंगलबारको खेलमा मुम्बइ इन्डियन्स ५ विकेटले विजयी भएको छ ।
मंगलबार राति वानखेड मैदानमा भएको खेलमा दिल्ली डेयर डेभिल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई चौथो स्थानमा उक्लिएको छ । टस जितेर पहिले व्याटिङ रोजेको दिल्लीले ६ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।
जवाफी व्याटिङमा मुम्बइले १५३ रनको लक्ष्य २ बल बाँकी छदै ५ विकेट गुमाएर पूरा गरेको हो । मुम्बइका अम्बाती रायूडुले ४० बलमा अविजित ४९ रन जोडे । रोहीत शर्माले ३७ बलमा ४६ रन बनाए । किरण पोलार्डले अविजित २६ रनको योगदान दिए ।
बलिङतर्फ दिल्लीका नाथन कल्टर नाइलले दुई विकेट लिए । जाहिर खान, एन्गेलो म्याथ्युज र अमित मिश्रले समान १-१ विकेट लिए ।
मध्यम प्रदर्शन गरेको दिल्लीका लागि युवराज सिंह ले ४४ बलमा ५७ रन जोडे जेपी डुमीनीले २८ रन जोड्न बाहेक अन्य व्याट्म्यानले खासै प्रदर्शन गर्न सकेनन् । मुम्बइका लासिथ मालिङ्गा र हर्वजनसिंहले समान २–२ विकेट लिए ।
जगदिश सचित र हार्दिक पाण्डेले १-१ विकेट लिए । जितसंगै मुम्बइले १० अंक जोडेर चौथो स्थानमा सिट सुरक्षित बनाएको छ । हिजोको खेलमा पराजित भएको दिल्लीको ८ अंकसहित छैटौ स्थानमा यथावत छ । आईपीएको आजको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र किङ्गस् ईलेभेन पन्जाव भिड्दै छन् । एजेन्सी















प्रतिक्रिया