
काठमाडौं, १० भदौ । सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेको टिप्पणी गरेका छन् ।
मेयर साहले अनधिकृत रूपमा बनाइका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।
आज शुक्रबार काठमाडाैं आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएको भन्दै आपत्तिसमेत जनाए ।
गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताए । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ थियो ।















प्रतिक्रिया