२९ आश्विन २०८३, बिहिबार

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा राष्ट्रिय ट्रमा सेन्टर र हेटौंडा अस्पतालमा पनि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । मिदास टेक्नोलोजिजको मिदास अनलाइन अपोइन्टमेन्ट सेवा अब काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर र हेटौंडामा अवस्थित हेटौंडा अस्पतालमा पनि शुरू भएको छ ।

मिदासले यी दुई अस्पतालको सेवा डिजिटलाइज गर्नाका साथै अनलाइन टिकट सेवा समेत शुरू गरेको हो । यो सेवापछि अस्पतालमा जचाउँन बिहानैदेखि घण्टौँको लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले मुक्ति पाउने छन् । यो सेवा स्वास्थ्यक्षेत्र अन्र्तगत मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरु गरिएको हो ।

बिरामीहरू आफैं अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नाका साथै समयको पनि बचत हुने विश्वास गरिएको छ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।

यो सेवा हाललाई टिचिङ अस्पताल, बीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध छ । त्यस्तै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।