२८ आश्विन २०८३, बुधबार

चुरेको ढुंगागिट्टी फेरि भारततिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gittiकाठमाडौं, १८ जेठ । सरकारले पटक–पटक गरेको आफ्नै निर्णय उल्लंघन गर्दै जिल्ला विकास समितिले निकुञ्ज, आरक्ष र चुरेक्षेत्रका उद्योगलाई ढुंगागिट्टी उत्खनन गरी भारत निकासी गर्न छुट दिइरहेको भेटिएको छ।

बारा र मकवानपुरका क्रसर उद्योगले चुरेक्षेत्र उत्खनन गरी भण्डार गरेका ढुंगागिट्टी सरकारी अनुमतिमै धमाधम भारततिर निकासी गर्न थालिएको हो।

तीन दिनयता पर्साको वीरगन्ज र रौतहटको गौर नाकाबाट ढुंगागिट्टी लोड गरिएका सयौं टिपर र ट्रक भारततिर पास भइरहेका छन्।

चुरेको एक किमि क्षेत्रभित्रबाट रोडा, ढुंगा, बालुवा उत्खनन तत्काल बन्द गर्नुपर्ने र निकुञ्ज, आरक्षको मध्यवर्ती क्षेत्रबाट ढुंगागिट्टी र बालुवा निकासी बन्द गर्ने वनमन्त्री महेश आचार्यको असार २७ को निर्णयसमेत जिल्ला विकास समितिहरुले उल्लंघन गरिरहेका छन्।

अघिल्ला मन्त्रिपरिषदले समेत दुई–दुईपटक यही निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन।

मकवानपुर र बारा जिविसले चुरेको एक किमि र पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा सञ्चालित उद्योगलाई उत्खनन र निकासीको अनुमति दिएको भेटिएको छ। जिविसको सिफारिसमा भन्सारले यी उद्योगका उत्पादन निकासी गरिरहेका छन्।

चुरेक्षेत्र विनाश हुनेगरी अनधिकृत रूपमा चलिरहेका क्रसर उद्योग व्यवस्थापन नगरेर व्यवसायीको माग सम्बोधन गर्ने नाममा सरकारले उद्योग सचिवको संयोजकत्वमा कार्यदल गठन गरेपछि केही दिन बन्द भएका देशभरका उद्योग फेरि सञ्चालन हुन थालेका हुन्। नागरिक दैनिकबाट