२९ आश्विन २०८३, बिहिबार

फेसबुक ह्‍याक गरी ठगी गर्ने एक जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । सामाजिक सञ्जाल फेसबुक ह्‍याक गरी साथी, आफन्त तथा सहकर्मीलाई विभिन्न बहानामा रकम मागरे ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–१० मंगलबारे डाँडा बस्ने २० वर्षीय किरण पाठक रहेका छन् ।

पीडितको साथी, आफन्त तथा सहकर्मीलाई विभिन्न डिजिटल पेमेन्ट गेट वेमार्फत रकम जम्मा गर्न लगाई ठगी गरेका पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान अघि बढाइएको छ ।

उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय गरी मोरङ पथरी शनिश्चरे नगरपालिका–१० मंगलबारेबाट पक्राउ गरेको हो ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीले आवश्यक अनुसन्धान गरिहेको छ ।