
काठमाडौं, ८ भदौ । उच्च अदालत जनकपुरले ‘कुमारी आमा’ निहारिका राजपुतको मागअनुसार आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।
न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले निहारिका राजपुतको माग बमोजिम उनको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परिक्षण गर्न आदेश दिएको हो । उनी आफ्नो छोराको डीएनए परीक्षण हुनुपर्ने भन्दै अनशन बस्दै आएकी थिइन् ।















प्रतिक्रिया