
काठमाडौं, ७ भदौ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा चुनाव केन्द्रीत रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।
बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवश्यक मापदण्ड तोक्ने तयारी गरिएको बताइएको छ । त्यस्तै, बैठकमा यसअघिको सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्ने तथा केन्द्रीय समितिको एजेण्डाबारे छलफल हुने बताइएको छ ।
एमालेले भदौ ९ गते पोलिटब्युरो तथा भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बैठक सकेर नेताहरु निर्वाचनका ठोस योजनाहरू बोकेर गाउ तथा जिल्ला पस्नेछन् ।















प्रतिक्रिया