२९ आश्विन २०८३, बिहिबार

नगदसहित मन्दिरको दान पेटिका चोरी गरेको आरोपमा एक पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कास्की, ७ भदौ । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगद सहितको दान पेटिका चोरी गरेको अभियोगमा सोही महानगरपालिका–२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मि दोर्जेलाई प्रहरी पक्राउ गरेको छ ।

उक्त मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरीले जिम्मिलाई उक्त दानपेटिका सहित पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ ।