२९ आश्विन २०८३, बिहिबार

बन्दकर्ताले गरे कोटेश्वरमा गाडी तोडफोड

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । बन्दकर्ताहरुले काठमाडौंको कोटेश्वरमा दुई वटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् ।

आज बिहान कोटेश्वरको आकाशे पुल नजिक बा‍. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको हो । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै, भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ ।

आज नेपाल बन्द आह्वान गरेर बन्द गराउन हिँडेका विप्लव नेकपाका कार्यकर्ताहरुले गाडी तोडफोड गरेका बताइएको छ ।