२९ आश्विन २०८३, बिहिबार

विप्लवसहितका चार दलद्वारा नेपाल बन्द आह्वान, दाङमा टिपरमा आगजनी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ७ भदौ । नेत्रविक्रम चन्द विप्लवसहित चार दलीय मोर्चाले नेपाल बन्द आह्वान गरेका छन् ।

आज बिहानै बन्दकर्ताले दाङमा सवारीसाधनमा आगजनी समेत गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।

चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले आगजनीमा संलग्नको खोजी गरिरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

सरकारसँग भएको तीन बुँदे सहमतिविपरीत आफ्ना नेताहरुमाथि पक्राउ पूर्जी जारी भएको भन्दै विप्लवका नेकपाले विरोध गर्दै आएको थियो ।