३० आश्विन २०८३, शुक्रबार

आइजीसी फाउन्डेशनबाट १० हजार भूकम्प पीडितलाई राहत (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IGC-Support01

काठमाडौँ, २२ बैशाख । आइजीसी फाउन्डेशनले महाभूकम्पबाट प्रभावित पाँच जिल्लाका १० हजार सर्वसाधारणलाई राहत वितरण गरेको छ ।

इन्सेन्टिभ ग्रुप अफ कम्पनी, एसिया फ्रेण्डशिप नेटवर्क, एयर एसिया, किड्स अफ काठमाडौँ, स्पेक जापानबाट संयुक्त रुपमा स्थापित आइजीसी फाउन्डेशनले नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र ओखलढुंगाका भूकम्प पीडितलाई राहत सामाग्री वितरण गरेको हो ।

प्रथम चरणमा १५ सय वटा टेन्ट, १५ सय बक्स चाउचाउ, १५ सय वटा कम्बल, ५ हजार किलो चिउरा वितरण गरिएको फाउन्डेशनका संयोजक गणेशमान लामाले दैनिक नेपाललाई जानकारी दिनुभयो ।

फाउन्डेशनका अध्यक्ष हरिमान लामा नेतृत्वको टोलीले काभ्रेको बिर्ता देउराली, धुसेनी शिवालय, गोठपानी, सानो बाङथली, माझेफेदा, कोलाती, माझी गाविस पुगेर प्रत्यक्ष रुपमा राहत सामाग्री वितरण गरेको यिथो ।

यसैगरी, कोशीदेखा, बन्खु, तिमाङ क्षेत्रमा पनि फाउन्डेशनले राहत वितरण गरेको छ । तिमाङ क्षेत्रमा फाउन्डेशनले पूर्वसभासद् सूर्यमान दोङ, काभ्रेको डाँडापारि क्षेत्रमा सभासद् तीर्थ लामा, काभ्रे क्षेत्र नम्बर चारका लागि अत्यावश्यक क्षेत्रमा सभासद् विदुर सापकोटा र कोशीपारीका क्षेत्रमा वितरण गर्नका लागि पूर्व जिविस उपभासपति कान्छाराम तामाङलाई फाउन्डेशनले राहत सामाग्री हस्तान्तरण गरेको छ ।

फाउन्डेशनले बुधबार नुवाकोटको महाकाली गाविसमा पाँच सय भूकम्प पीडितलाई टेन्ट, च्यूरा तथा कम्बल वितरण गरेको थियो । यसैगरी, सिन्धुपाल्चोकको कुन्चोक क्षेत्रमा पनि राहत वितरण गरिएको फाउन्डेशनले बताएको छ ।

रामेछाप र ओखलढुंगामा भने गणेश उज्ज्वन स्मृति प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठले राहत सामाग्री वितरण गर्नुभएको थियो । उहाँले रामेछापको सैंबु गाविसमा वितरण गर्ने गरी रामेछापका राजनीतिक दलको संयन्त्र र प्रमुख जिल्ला अधिकारीलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

ओखलढुंगाको पोकली र टारकेराबारी गाविसका अति न्यून आय भएका समुदायलाई भने श्रेष्ठ स्वयम् पुगेर राहत सामाग्री वितरण गर्नुभएको थियो ।

फाउण्डेशनले दोस्रो चरणमा किड्स अफ काठमाडौँमार्फत विद्यार्थीका लागि किताब, युनिफर्म, झोला वितरण गर्ने भएको छ । यसैगरी, एसिया फ्रेण्डशिप नेटवर्कमार्फत अस्थायी विद्यालयहरु बनाइदिने भएको छ ।

दोस्रो चरण समेत गरी भूकम्प प्रभावित पाँच जिल्लाका ३० हजार सर्वसाधारणलाई राहत दिने फाउन्डेशनको लक्ष्य छ ।

IGC-Support4 IGC-Support3 IGC-Support2 IGC-Support1  IGC-Bhukampa IGC-SupportIGC-Support8IGC-Support7IGC-Support5IGC-Support6IGC-Support8