२९ आश्विन २०८३, बिहिबार

प्रतिनिधिसभा बैठक गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । आज बस्ने प्रतिनिधिसभाको बैठक नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

समाजवादी चिन्तक गिरीको शनिबार राति साढे ९ बजे निधन भएको थियो भने आइतबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको थियो ।