२९ आश्विन २०८३, बिहिबार

प्रदीप गिरीको आज अन्त्येष्टि गरिँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । हिजो निधन भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आज अन्त्येष्टि गरिने भएको छ ।

उनको हिजो ९ः३६ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ ।

त्यस्तै, बिहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिनेछ त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।