
काठमाडौं, ३ भदौ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् ।
पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
सचिव भट्टराईले भने, ‘नेकपा एमालेसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ । र, आउने दिनमा पनि एमाले बहुमत ल्याएर प्रदेश र संघको सरकार संचालन गर्ने त्यो आकांक्षाका साथ हामी चुनावमा जाँदैछौं।















प्रतिक्रिया