२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च कतारद्वारा चार लाख बढी सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onf-– नवराज विक
दोहा (कतार), २२ वैशाख । प्रवासी नेपाली मञ्च कतारले यही वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा विपत्तिबाट घाइते भएकाहरुको उपचार तथा पीडितको उद्धारका लागि सहयोगार्थ रु चार लाख ४२ हजार ९५२ सङ्कलन गरी नेकपा (एमाले) प्राकृतिक विपत्ति राहत कोषको खाता नं ०२१०३००७१७९१७०१० मा जम्मा गरेको छ ।

मञ्चका अध्यक्ष रामहरि गैह्रेको अध्यक्षतामा सम्पन्न बैठकले तत्काल मञ्च मातहत इलाका तथा एकाइ कमिटी र सल्लाहकार परिषद् सदस्य तथा शुभचिन्तक एवम् सहयोगी राहत सङ्कलनमा जुटेका थिए । मञ्चले हालसम्म १५० केजी बराबर लत्ताकपडा तथा जिन्सी सामग्री पनि जुटाइसकेको छ ।

यसैगरी गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले समेत ६०१ कतारी रियाल आर्थिक सहयोग गरेको छ । थप आर्थिक सङ्लन कार्यलाई तिब्रता दिँदै केही दिनमा नै पूरा रकम सहयोग नेपाल पठाउने तयारी भएको अध्यक्ष गैह्रेले जानकारी दिनुभयो । रासस