३० आश्विन २०८३, शुक्रबार

नेपाललाई २ अर्ब रुपैयाँ सहयोग गर्ने युरोपेली आयोगको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yourope-flagकाठमाडौँ, २२ वैशाख । युरोपेली आयोगले नेपाललाई एक करोड ६६ लाख युरो प्रदान गर्ने घोषणा गरेको छ । आयोगले प्रदान गर्ने उक्त रकम आगामी एक साताभित्र नेपाल सरकारलाई सोझै उपलब्ध गराइने आयोगको प्रधान कार्यालय ब्रसेल्सबाट आज अपराह्न जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

वैशाख १२ गतेको भूकम्पपछि नेपाललाई आपत्कालीन सहायतास्वरुप आयोगले प्रदान गरेको ३०लाख युरो नेपाल सरकारलाई आज उपलब्ध गराइएको छ । उक्त रकम नेपालीमा दुई अर्ब रुपैयाँ हुन आउँछ ।

भूकम्पपछि नेपालको स्थलगत निरीक्षण गरेर गएको आयोगको मानवीय व्यवस्थापन तथा विपत्ति व्यवस्थापन आयुक्त नेतृत्वको उच्च प्रतिनिधिमण्डलले नेपाललाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । पछिल्लो सहायतासँगै युरोपेली आयोगले उपलब्ध गराएको रकम राशि दुई करोड २६ लाख युरो पुगेको छ । रासस