
काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको विषय पेचिलो बनिरहेको छ ।
महाधिवेशनको ७ महिना बितिसक्दा पनि पदाधिकारीमा सहमति हनु सकेको छैन ।
पार्टीको स्थायी कमिटीको बठकले पदाधिकारी टुंग्याउने भनिएको थियो । तर आजको बैठकले पनि पदाधिकारी टुंगिन सकेन ।
आजको बैठकमा पार्टीको महासचिवका लागि ७ जना नेताहरुले दावी पेश गरेका छन् ।
यसअघि अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव दिने बताइएको थियो । यद्यपि आज पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दावी पेश गरेका छन् ।
पदकै भागवण्डा नमिल्दा पदाधिकारीको विषय टुंगिन नसकेको बताइन्छ । नेताद्वय वर्षमान पुन र जनार्दन शर्माका कारण पदाधिकारी नटुंगिएको बताइएको छ । तर यसको उनीहरुले खण्डन गरेका छन् । बैठकमा उनीहरुले जसलाई जे बनाए पनि हुन्छ तर विवादलाई निकास दिनुपर्ने बताए ।















प्रतिक्रिया