२९ आश्विन २०८३, बिहिबार

तीजका विकृत मान्यताहरुबाट छोरीचेलीलाई जोगाउनुपर्छ: उपप्रमुख अधिकारी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ३ भदौ । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले तिजमा भएका विकृत मान्यताहरु बाट छोरीचेलीलाई जोगाउनुपर्ने बताएकी छन् ।

महिनाबारी भएका कारण अपवित्र हुने र केही दत्तिवल चपाएपछि मात्र महिला पवित्र हुने तीज संस्कृति भित्र रहेको विकृत मान्यताबाट छोरीचेलीलाई जोगाउनुपर्ने बताएकी हुन् ।

भैरहवा डायनामिक्स टिचर्सले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै अधिकारीले उक्त कुरा जनाएकी हुन् ।

अधिकारीले तिजको केही दिनपछि मनाइने पञ्चमी प्रति नेपाली समाजमा रहिआएको मान्यता प्रति बिरोध जनाउँदै भनिन् हामी चोखो छौ हामीलाई चोख्याउन पर्दैन ।

अधिकारीले दत्तिवल चपाउनु स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो मानिन्छ, तर त्यसलाई भ्रमपुर्ण तरिकाले तर्क गर्नु भन्दा स्वास्थयको दृष्टिकोणले परम्परा चलिआएको भन्ने मान्यता राख्नुपर्ने कुरामा जोड दिनुपर्ने बताइन् ।

महिनावारी भएका कारण अपवित्र हुने र केही दत्तिवल चपाएपछि मात्र महिला पवित्र हुने मान्यताको अन्त्य हुनुपर्ने तर्क अधिकारीले व्यक्त गरीन् । नारीले नै अपवित्र भए, त्यही नारीको गर्भबाट जन्मने के हुन्छन् त भन्ने प्रश्न समेत अधिकारीले उठाइन् ।

शिक्षिकाहरुद्वारा आयोजना भएको कार्यक्रममा बोल्दै अधिकारीले संस्कृतिको नाममा रहेका विकृतिहरुलाई छोरी चेलीहरुबाट टाढा राख्न मुख्य भूमिका शिक्षिकाहरुले खेल्नु पर्ने बताइन् ।