
चितवन, ३ भदौ । चितवनमा गुडिरहेको ट्रकमा मोेटसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ३ बजे इच्छाकामना–४ कुरिनटारमा काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौंका ३२ वर्षीय सरोज माझी रहेका इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
उनीहरूको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।















प्रतिक्रिया